२८ पुस २०८२
काठमाडौं- अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको पहिलो दिनमा फेसबुकको मातृ संस्था मेटाले झन्डै ५ लाख ५० वटा खाता बन्द गरेको छ ।
कम्पनीले नयाँ कानूनको पालनाको पहिलो दिन डिसेम्बर १० मा इन्स्टाग्राममा ३ लाख ३० हजार ६३९, फेसबुकमा १ लाख ७३ हजार ४९७ र थ्रेड्समा ३९ हजार ९१६ वटा खाता बन्द गरेको छ ।
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन डिसेम्बरमा कानून ल्याएको थियो । विश्वभर नजिकबाट हेरिएको यो प्रतिबन्धलाई अभियानकर्ताहरू र सरकारले हानिकारक सामग्री र एल्गोरिदमबाट बालबालिकाहरूलाई जोगाउन आवश्यक भएको भन्दै जायज ठहराएको छ ।
मेटालगायतका कम्पनीहरूले युवाहरूलाई अनलाइनमा सुरक्षित राख्न थप उपायहरू आवश्यक पर्ने कुरामा सहमत भएको बताएका छन् । मेटाले अस्ट्रेलियाली सरकारलाई उद्योगसँग रचनात्मक रूपमा संलग्न हुन आह्वान गरेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले उमेर प्रमाणीकरण एप स्टोर स्तरमा हुनुपर्ने तर्क गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राज्य फ्लोरिडादेखि युरोपेली सङ्घसम्मका विभिन्न सरकारहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई सीमित गर्ने प्रयोग गरिरहेका छन् । तर १६ वर्षको उच्च उमेर सीमासँगै अस्ट्रेलिया यस्तो नीतिमा अभिभावकको स्वीकृतिका लागि छुट अस्वीकार गर्ने पहिलो देश हो ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया