०१ जेठ २०८३
काठमाडौं- कौडीको भाउमा काम लगाउने, महिनौ बित्दा पनि तलव नदिने, नर्स र स्वास्थ्यकर्मीको श्रम चुस्ने कलंकीस्थित शहीद मेमोरियल अस्पतालविरुद्ध स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिएका उनीहरुले आकस्मिक बाहेकका सबै सेवा छोडेर धर्ना दिन थालेका छन् । नर्सलाई उचित पारिश्रमिक देऊ, श्रम शोषण गर्न पाइँदैन भन्ने लगायतका पर्चा बोकेर स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा धर्ना दिएका छन् ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले निजी अस्पतालहरूमा पनि लागू हुने गरी स्वास्थ्यकर्मीहरूको ५ औँ तहका लागि मासिक ३४ हजार ७ सय ३० रुपैयाँ पारिश्रमिक तोकेको भए पनि अस्पताल प्रशासनले उक्त निर्णय कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।
स्वास्थ्यकर्मीहरूका अनुसार अस्पतालले सरकारले तोकेको भन्दा झन्डै आधा कम तलबमा काम गर्न बाध्य पारिएको छ । हाल उनीहरूले मासिक १९ हजार ३ सय ९६ रुपैयाँ मात्र हात पार्ने गरेको बताएका छन् । निजी अस्पतालहरूले सरकारी मापदण्डअनुसार पारिश्रमिक दिए÷नदिएको विषयमा अनुगमन गर्न नेपाल सरकारबाट अनुगमन टोली खटाइने आश्वासन दिएका थिए । तर, हालसम्म शहीद मेमोरियल अस्पतालमा कुनै पनि सरकारी अनुगमन टोली नपुगेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
अस्पतालका ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । बिहीबार मात्रै माग पूरा नभएर ड्युटी गर्न असमर्थ रहेको भन्दै अस्पताल प्रशासनलाई पत्र दिएका थिए । तर, अस्पताल व्यवस्थापन समितिको अध्यक्ष तिर्थ प्रधान, उपाध्यक्ष इश्वर पौडेल र मेडिकल डाइरेक्टर जितेन्द्र श्रेष्ठले उनीहरुको मागलाई सम्पूर्ण रुपमा वेवास्ता गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएसँगै अस्पतालका पदाधिकारी र मेडिकल डारेक्टर लुकेका छन् । उनीहरुकै हर्कतकै कारण अधिकांश स्वास्थ्यकर्मीले आजित भएको गुनासो समेत गरेका छन् ।
रातदिन बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीहरूमाथि नै यसरी श्रम शोषण हुँदा पनि नियमनकारी निकाय बेखबर बसेको उनीहरूको आरोप छ। तत्काल अस्पतालको अनुगमन गरी सरकारले तोकेको नियमअनुसारको पारिश्रमिक दिलाउन स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया