१३ चैत २०८२
काठमाडौं- नेपााली राजनीतिमा भूइँचालो ल्याउँदै एउटा र्यापर । एउटा पूर्व मेयर देशको शक्तिशाली सरकारको प्रधानमन्त्री बनेका छन् ।
त्यो पनि एकैपटक ७÷७ वटा रेकर्ड बनाउँदै । इतिहासको पानामा स्वर्णीम अक्षरले नाम लेखाउँदै, कांग्रेस एमाले र माओवादी सिन्डिकेट तोड्दै, भागबन्डा र मिलिजुली हुने भ्रष्टाचार र दलाल माफिया पोस्नेहरुको जालो च्यात्दै प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनको सपथ यति भब्य बन्यो की बाहिर सडकदेखि राष्ट्रपति निवाससम्ममा बालेन बालेनको हुटिङ चलिरह्यो ।
पुराना दललाई धोवी धुलाईसहित एउटा कुनामा सिमित गर्दै रास्वपाले झन्डै २ तिहाइ मत प्राप्त गरेको छ । र, त्यहि मतको बलमा रास्वपाले बालेन शाहको नेतृत्वमा शक्तिशाली सरकार बनाएको छ । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका बालेनले झपा–५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई झन्डै ५० हजार मतान्तरले हराएर प्रधानमन्त्री बनेका बालेनले एकैपटक ७÷७ वटा रेकर्ड बनाएका छन् । र, सारा देशबासीको ढुकढुकी बनेका छन् ।
नम्बर– १ सबैभन्दा कम उमेरका जन निर्वाचित प्रधानमन्त्री
बालेन शाह, जो ३५ वर्षको उमेरमा देशको शासन सत्ता सम्हालेका छन् । जनताबाट निर्वाचित भएर प्रधानमन्त्रीका रुपमा देश हाक्दैछन् । यो आफैमा एउटा ऐतिहासिक रेकर्ड हो । किनकी यसअघि कहिल्यै पनि जनताको मतबाट ३५ वर्षको उमेरमा नेपालको इतिहासमा कोही पनि प्रधानमन्त्री बनेको थिएन् । पञ्चायतकालमा २०१९ मा तुलसी गिरी ३३ वर्षमा प्रधानमन्त्री बनेका त थिए तर राजा महेन्द्रको निगाहमा । २०२० सालमा सूर्यबहादुर थापा ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए, उनी पनि राजाको निगाहाबाट । पछिल्लो समय बुढाहरुले एकछत्र राज गर्दै आएकोमा उनीहरु सबैलाई भित्तामा पुर्याउँदै ३५ वर्षीय बालेन प्रधानमन्त्री बनेका छन् ।
नम्बर २– मधेशको छोरो पहिलो पटक देशको प्रधानमन्त्री
आर्युवेदिक चिकित्सक डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा हुन् बालेन शाह । महोत्तरीको एकडारा गाउँपालिका बालेनको पुख्र्यौली घर हो । उनै बालेन मधेस मूलबाट पहिलो पटक देशको प्रधानमन्त्री बन्दै कीर्तिमानी बनाएका छन् । नेपालको पहिलो राष्ट्रपति मधेशकै भएपनि हालसम्म कार्यकारी प्रमुख मधेशको छोरो बन्ने अवसर मिलेको थिएन् । बालेनले आफ्नो नाममा त्यो रेकर्ड राखेका छन् ।
नम्बर– ३ गणतन्त्रपछि पहिलो पटक एकलौटी सरकारको प्रधानमन्त्री
२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको १७ वर्षमा नेपालको संविधान, २०७२ को धारा ७६(१) बमोजिम सरकार बन्न सकेको थिएन । २०७४ सालमा दुई ठुला कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । तर त्यतिबेला पार्टी एकता नभइसकेकाले संविधानको धारा ७६(२) अन्तर्गत सरकार बनेको थियो । तर, यसपटक रास्वपाले एकलौटी झन्डै दुई तिहाइ मत ल्याएसँगै बालेन शक्तिशाली सरकारको प्रधानमन्त्री बनेका छन् । यो आफैमा अर्को रेकर्ड हो ।
नम्बर ४– कांग्रेस, कम्युनिष्ट र राजावादीको जालो तोड्दै फरक दलको प्रधानमन्त्री
२०४८ देखि ३४ वर्षसम्म परम्परागत राजनीतिक दलका प्राय एउटै व्यक्ति प्रधानमन्त्री बनिरहेको सन्दर्भमा यस निर्वाचनपछि देशले पहिलो पटक जननिर्वाचित युवा प्रधानमन्त्री पाएको छ । गिरिजा प्रसाद कोइरालादेखि केपी ओलीसम्म आपुग्दा पटक पटक यीनै दलका निश्चित पात्र प्रधानमन्त्री बनिरहे । तर, तिनैलाई बडार्दै दल स्थापनको ३ वर्षमै रास्वपाले ऐतिहासिक मत सहित शक्तिशाली सरकार बनाएको छ । र, बालेन ती दलहरुलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका छन् । जुन आफैमा अर्को रेकर्ड हो।
नम्बर ५– मेयरबाट एकै पटक प्रधानमन्त्री
बालेन शाह २०७९ मा मेयरको चुनाव लड्दै गर्दा धेरैले उनलाई पत्याएकै थिएनन् । यसो रहर गरेर स्वतन्त्र उम्मेदवारी दिएको रुपमा लिइरहेका थिए । तर, उनले फिल्मी शैलीबाट जित निकाले । र, काठमाडौं महानगरपालिका हाके । मेयर बनेको ३ वर्षमै राजीनामा गरेर दलिय राजनीतिमा हाम फालेका उनी मेयरबाट राजीनामा गरेको २ महिनामै देशकै नेतृत्व सम्हालेका छन् । यस्तो रेकर्ड नेपालमा यसअघि कसैले बनाएको थिएन् ।
नम्बर ६– संगित क्षेत्रबाट आएको ब्यक्ति पहिलो पटक प्रधानमन्त्री
र्यापरका रुपमा संगित क्षेत्रमा उदाएका बालेन देशको शक्तिशाली प्रधानमन्त्री बनेका छन् । यसअघि नेपालमा सांगितिक क्षेत्रका ब्यक्तिहरु कोही पनि प्रधानमन्त्री बनेका थिएनन् ।
नम्बर ७– सपथदेखि मन्त्री छनोटसम्ममा रेकर्ड ब्रेक
नेपालको इतिहासमा कहिल्यै पनि कुनै पनि प्रधानमन्त्रीले ७ ब्रहामणबाट शंकनाद, १०८ बटुकबाट स्वस्ति शान्ती वाचन, १०७ बौद्ध भिक्षुबाट अष्ठमङल पाठ पठाएर सपथ लिएका थिएनन् । जुन काम बालेनले गरेका छन् । उनको सपथ यति भब्य बनेको थियो मानौ यहाँ ठूलै उत्सव भइरहेको छ । यस्तै उनी नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा ५ जना महिलालाई मन्त्री बनाउँदै अर्को रेकर्ड बनाएका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया