१४ माघ २०८२
काठमाडौं- भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान एक निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ। अवतरणका क्रममा रनवेबाट चिप्लिएर भएको उक्त दुर्घटनामा विमानमा सवार महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार थिए।
बीबीसीका अनुसार दुर्घटनामा परी उपमुख्यमन्त्री पवारको मृत्यु भएको छ। अजित पवार र अन्य चार जना सवार उक्त विमान दुर्घटनामा कोही पनि जीवित फेला पर्ने आश नरहेको डीजीसीएले बताएको छ।
सिभिल एभिएसनका महानिर्देशकलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘अजित पवार र अन्य चार जना सवार उक्त विमान दुर्घटनामा कोही पनि जीवित फेला पर्ने आशा छैन,
जिल्ला परिषद् निर्वाचनको सिलसिलामा बारामती जाँदै गरेको उक्त विमान ुक्र्यास ल्यान्डिङुहुने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ।
विमानस्थल नजिकै भुइँमा पछारिएपछि विमानमा भीषण आगलागी भएको थियो। सार्वजनिक भएका दृश्यहरूमा विमानका टुक्रा- टुक्रा छरिएको र बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको छ।
विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटनामा विमानमा रहेका सबैजना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल लगिएको छ।
विमानमा प्राविधिक खराबी आएका कारण दुर्घटना भएको हो वा अवतरणका क्रममा रनवेको अवस्थाले समस्या निम्त्याएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ। दुर्घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी र मेडिकल टोली परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया