१३ भदौ २०८२
काठमाण्डौ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गरेका छन् । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई विगतमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सांसद गोपाल भट्टराईले बाढी र पहिरोका कारण अवरुद्ध छिमेकी देश चीनसँगको तातोपानी र रसुवागढी नाका चाँडो सञ्चालनमा ल्याउन पहल गर्न सरकारसँग माग गरे । उनले कोरला नाका सञ्चालनमा ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराए ।
सांसद जगप्रसाद शर्माले सत्य निरूपण तथा बेपत्ता व्यक्तिको छानबिनका लागि कानून बनेको १ वर्ष भइसकेको अवस्थामा के कस्ता कार्य प्रगति भए भनेर जानकारी दिन माग गरे ।
सांसद तुलसाकुमारी दाहालले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको विषय उठाए । महिलाप्रतिको विभेद र हिंसाका घटनामा कमी ल्याउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद मायाप्रसाद शर्माले गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न चर्को शुल्क तोकिएको गुनासो गरे । नेपाली अक्षरको गाडी नम्बर प्लेट राख्न आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद शारदादेवी भट्टले वर्षायामसँगै डेङ्गी, मलेरिया, हैजालगायतका महामारीको जोखिम बढेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुमित्रा बिसीले नेपालको भूमि लिपुलेक नाकाबाट भारत र चीनले व्यापारिक नाका खोल्ने गरी सहमति गरेका विषयमा सरकारले यस विषयलाई कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने धारणा रनखे ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया