११ भदौ २०८२
काठमाडौं - गोरखाको चुमनुब्री गाउँपालिका - ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै जर्मनी हानिएका हुन् ।
वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गर्दै बिदेसिएको बताएका छन् ।
‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् ।
लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गाउँपालिकामा पठाएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए । ‘उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ। फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको छैन,’ रेग्मीले भने ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया