२८ असोज २०८२
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव अस्वीकार गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले मंगलबारको केन्द्रीय समिति बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए ।
मंगलबार बिहान भएको भेटमा महामन्त्रीद्वयको त्यो प्रस्ताव देउवाले अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दियो । एजेण्डाबारे महामन्त्रीद्वय र सभापति देउवाबीच कुरा नमिलेपछि केन्द्रीय समिति बैठक सभापति देउवाले आफ्नो वक्तव्य पढेपछि स्थगित गरिएको छ ।
नेताहरुका अनुसार देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने बताएका थिए । केन्द्रीय समितिमा सभापतिसँगको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन अनुरुप महामन्त्रीद्वयले एजेण्डाका विषयमा छलफल गर्न देउवालाई भेटेका थिए ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया