०४ जेठ २०८३
काठमाडौं- अनाआवाश्यक बखेडा झिकिरहने, संसदमा हंगामा मच्चाइरहने, बातै पिच्छे बालेन शाहको विरोध गरिरहेन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोमबार संसदमा अनौठो व्यहार प्रदर्शन गरे । सभामुखले संसदको कारबहाी सुरु भएको उद्घोष गरे लगतै सिधै सभामुख अघि गएर पर्चा प्रदर्शन गरे ।
सदनलाई समेत सडक झै ठानेर पर्चा नै बोकेर प्रदर्शनमा उत्रिएका हर्कसँगै उनका पार्टीका सांसदहरुले पनि सभामुखको अघिल्तिर गएर पर्चामार्फत प्रधानमन्त्रीको विरोध गरे । उनीहरुले बोकेको पर्चामा प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत लेखिएको थियो ।
बालेनको विरोध गर्नु नै आफ्नो मुख्य कर्म र धर्म हो भने झै गर्दै आएका हर्कले सरकारका हरेक निर्णयमा अनाआवाश्य बखेडा झिक्दै आएका छन् । कांग्रेस एमालेभन्दा चर्को गरि सरकारकोविरुद्ध उफिद्रै आएका हर्कले अध्यादेशदेखि सुकुम्बासीका समस्यासम्ममा यसरी विरोध गरे की मानौ सरकारले सबै सखापै बनायो । सरकारी र सार्वजनिक जग्गा मिचिमासी खान दिनुपर्छ भने झै गर्दै आएका उनले प्रधानमन्त्री बालेन शाहको राजीनामा नै मागेका थिए । विरोधका लागि विरोध गरेर समय बिताइरहेका हर्कको सोमबारको हर्कतलाई लिएर सभामुख डोलप्रसाद अर्याल पनि आक्रामक बने । उनले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने मात्रै बताएनन् मर्यादित हुन श्रम संस्कृति पार्टीका सांसदहरुलाई निर्देशन नै दिए । सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया