१२ मंसिर २०८२
काठमाडौं - महाधिवेशन नजिकिदै जादा सत्ताबाट उछिट्टिएको एमाले भित्रको भाडभैलो कुटाकुटमा परिणत हुन थालेको छ । विचारले चल्नु पर्ने राजनीतिक दलमा बलको प्रशर्दन हुन थालेको छ । कुरा सुनसरी क्षेत्र नम्बर १ को हो । जहाँ महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर उत्पन्न भएको आन्तरिक विवाद खुला सडकमै हिंसात्मक रूपमा प्रकट भएको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामी माथि एमालेकै समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको हो। कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरेका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन्।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ। आक्रमणबारे दिवस राईले सामान्य ठेलाठेल मात्र भएको दाबी गरेका छन्। तर घाइते राजधामीले भने आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पु¥याएको भन्दै कडा आपत्ति जनाएका छन्।
धरानमा खुलेआम भएको कुटपिटको घटनाले एमालेको आन्तरिक द्वन्द्व अब सडकसम्म छताछुल्ल भएको पुष्टि गरेको छ। एमाले नेताहरू अहिले दुवै जनालाई मिलाउन लागि परेका छन्।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया