०९ पुस २०८२
काठमाडौं– सरकारले चुनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।
छलफलका क्रममा जनमतका नेताहरूले आफूहरू निर्वाचनमा जान तयार भएको र सुरक्षा लगायतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।
छलफलपछि उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउन राजनीतिक दलका कार्यालय पुगेर छलफल गरेको बताए । उनले सरकारको तर्फबाट चुनावको तयारी अगाडी बढाउन जनमतका नेताहरूले सुझाव दिएको उल्लेख गरे ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक विषय भएको बताए ।
आफूहरू चुनावमा जान तयार रहेको र सुरक्षा लगायतका सबै तयारीमा गम्भीर भएर लाग्न आफूले सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।
अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशङ्का गर्नुपर्ने ठाउँ नदेखिएको जिकिर गरे । उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो ।
दलहरू र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया