०१ भदौ २०८२
काठमाडों– कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा पुगेको छ।
बर्खाको समयमा पनि जलाधार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा जलाशायमा जलसतह अन्तिम विन्दुमा पुगेको हो।
काठमाडौँ उपत्यकामा विद्युत्को मुख्य स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह सकिने अवस्थामा पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रn] जानकारी दिएको छ ।
वर्षात्को समयमै पानीको सतह घटेपछि हिउँदमा विद्युत् आपूर्तिमा समस्या के्रन्द्रले जनाएको छ ।
कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्री सतहबाट १ हजार ५३० मिटर हो भने यसको न्यूनतम सीमा १ हजार ४८४ मिटर हो।
केन्द्रका अनुसार आज कुलेखानी जलाशयमा पानीको सतह १ हजार ४९४ मिटर छ।
अब यसमा १० मिटर पानीको सहत कम भए न्यूनतम सीमा हुनेछ।
केन्द्रका अनुसार गत वर्ष भदौ पहिलो साता कुलेखानीको जलाशय १ हजार ५१३ मिटर थियो।
जलाशाय पूर्ण रूपमा भरिँदा झन्डै ८५ लाख घनमिटर पानी जम्मा हुन्छ।
वर्षायाम सुरु भए पनि कुलेखानी जलाधार क्षेत्रमा राम्रोसँग पानी नपरेकाले जलाशयमा पानी जम्मा नभई रित्तिँदै गएकोछ ।
sf7df8f]+–मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयको सतह घट्दै गएकाले सञ्चालनको समय कटौती गरिएको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशय विद्युत् आपूर्ति सन्तुलन गर्न र अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा वितरण प्रणाली व्यवस्थित गर्न सञ्चालन गरिन्छ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन्।
६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पछिल्लो आवश्यकताका अधारमा विद्युत् उत्पादन गरिरहेको छ।
नेपालको एक मात्र जलाशययुक्त आयोजना भएकाले वर्षात्मा पानी जम्मा गरी हिँउदको समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी काठमाडौँ उपत्यकामा प्रवाह गर्दै आएको छ।
३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ।
२०७२ सालको भूकम्पपश्चात् क्षमताभन्दा २र३ मिटर कम पानी संकलन गर्ने गरिएको आयोजनाले जनाएको छ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया