३० साउन २०८२
काठमाडौँ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ७ नेपाली सहित २३ आप्रवासी कामदारको मृत्यु भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथेनोल मिसाइएको मदिरा सेवन गरेपछि शनिबार देखि बिहिबार सम्मको अवधिमा कुवेतमा एसियाली मुलुकका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० घाइतेहरुलाई अस्पताल भर्ना गरिएको जनाएको छ।
१६० घाइते मध्ये धेरैजसो बिरामीहरूलाई कुवेतका विभिन्न अस्पतालहरूमा सघन हेरचाह इकाईहरूमा भर्ना गरिएको, गम्भीर घाइतेहरुलाई भेन्टिलेटर र तत्काल मृगौला डायलाइसिस आवश्यक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विष नियन्त्रण केन्द्र, सुरक्षा अधिकारीहरू र सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा उच्चतम स्तरको चिकित्सा हेरचाह सुनिश्चित गर्न र निरीक्षणलाई बलियो बनाउन चौबीसै घण्टा सबै केसहरूको नजिकबाट निगरानीमा राखिएको जनाएको छ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए।
मदिरा सेवनबाट नेपालीको मृत्यु हुनु दुखद भएको भन्दै उनले अबको एक दुई दिनमै के कति नेपालीको मृत्यु भयो कति घाइते भए भन्ने विवरण प्राप्त हुने बताए। अहिले दूतावासले घटना बारे थप बुझ्ने काम गरिरहेको समेत उनको भनाई छ ।
कुवेतमा रहेको भारतीय दूतावासले पनि विषाक्त मदिरा सेवनका कारण ४० जना भारतीय नागरिक अस्पताल भर्ना गरिएको र उपचार भइरहेको जनाएको छ। अहिले कुवेतको केन्द्रिय कारागारमा रहेका ४८ जना नेपाली मध्ये अधिकांश मदिरा उत्पादन तथा बिक्रीवितरण गरेका कारण जेल परेका छन्। अनियन्त्रित मादक पेय पदार्थ सेवन गर्ने खतराहरूको ’बारेमामा जनतालाई चेतावनी दिएका छन्।
स्वास्थ्य मन्त्रालयले जनतालाई अस्पतालहरूमा सम्पर्क गरेर वा समर्पित हटलाइनहरूमा कल गरेर मिथानोल विषाक्तताको कुनै पनि शंकास्पद घटनाहरू तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको जनाएको छ । कुवेतमा मदिरा प्रतिबन्धित छ। त्यहाँको कानूनले मादक पदार्थको आयात र आपूर्तिलाई निषेध गरेको छ । व्यावसायिक उद्देश्यका लागि मदिरा आयात गर्ने वा उत्पादन गर्ने जो कोहीलाई पनि जेल सजाय हुनेछ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया