०५ भदौ २०८२
काठमाडौं– पहाडी जिल्लाहरूमा पनि डेङ्गीको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म जिल्लामा ७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ। प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार दशरथचन्द नगरपालिकामा ३, पुचौडी नगरपालिकामा २, मेलौली र पाटन नगरपालिकामा एकरएक जनामा सङ्क्रमण देखिएको छ।
रोगको रोकथाम र नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ। वर्षायाममा लामखुट्टेको सक्रियता बढ्ने भएकाले स्वास्थ्य कार्यालयले बैतडीको सदरमुकाम र पाटन बजार क्षेत्रमा अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।
तीन महिनासम्म सञ्चालन हुने यस अभियानमा सबै स्थानीय विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयहरूलाई सक्रिय सहभागी हुन आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले बताए।
यसैबीच, सङ्खुवासभामा पनि डेङ्गीविरुद्ध जनचेतना फैलाउन आजदेखि विशेष अभियान सुरु गरिएको छ। ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ भन्ने नारासहित सञ्चालित अभियान स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त पहलमा भइरहेको छ।
यस अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब र विभिन्न संघसंस्थाहरूले सहभागिता जनाएका छन्। उनीहरूले टोलटोलमा सरसफाइ, झाडी फाड्ने, पानी जम्ने भाँडाहरू हटाउने कार्यसँगै समुदायमा डेङ्गीका लक्षण र बच्ने उपायबारे जनचेतनामूलक पर्चा वितरण गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली भेगसम्म फैलिनु चिन्ताजनक भएको बताउनुभयो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौ महिनामा मात्र ७८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया