०४ भदौ २०८२
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा निर्णय संख्या ( बहुमत) को आधारमा भए पनि त्यसलाई जनस्वीकार्यता प्राप्त हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नन्दप्रसाद शिवाकोटी स्मृति कार्यक्रममा बोल्दै उनले संख्याको आधारमा मात्र निर्णय गर्नु पर्याप्त नहुने बताएका हुन्।
हामी चुनाव जित्छौं, मत ल्याउँछौं, सरकार बनाउँछौं- ती सबै संख्या ( बहुमत) को आधारमा हुन्छ, उनले भने, तर मसँग बहुमत छ भनेर मनलाग्दी निर्णय गर्न पाइँदैन।
उनका अनुसार लोकतन्त्रमा कुनै पनि निर्णय वैधानिक मात्र भएर पुग्दैन, त्यो निर्णय वैध (जनस्वीकृत) पनि हुन जरुरी छ। चाहे पार्टीभित्र होस् वा संसदमा, निर्णयले कार्यकर्ताको मन जित्न नसकेमा त्यसको टिकाउपनमा प्रश्न उठ्न सक्छ।
‘कांग्रेसमा आत्मविश्वास र शुद्धता आवश्यक
महामन्त्री थापाले नेपाली कांग्रेसले राष्ट्रको नेतृत्व गर्न आत्मविश्वास र वैचारिक शुद्धता कायम राख्नुपर्नेमा जोड दिए।
'आज नेपाली समाजमा ठूलो असन्तुष्टि छ', उनले भने, यो असन्तुष्टिलाई सम्बोधन गर्दै अघि बढ्ने जिम्मेवारी कांग्रेसको हो। त्यसका लागि पार्टीभित्र आत्मविश्वास चाहिन्छ, शुद्धता चाहिन्छ।
उनले नेपाली कांग्रेसलाई सधैं राष्ट्रिय शक्ति भनेर चिनिनुपर्ने उल्लेख गरे। हामीले कहिल्यै चुनाव नलढ्दा पनि कांग्रेस राष्ट्रिय पार्टी थियो, उनले स्पष्ट पारे, राष्ट्रिय पार्टीको पहिचान चुनाव जितेर मात्रै हुने होइन। त्यो गहिरो जिम्मेवारी र दृष्टिकोणले निर्धारण हुन्छ।
गगन थापाका अनुसार राष्ट्रिय पार्टी भन्नुको अर्थ हो- राष्ट्रको समस्या बुझ्ने, त्यसलाई सम्बोधन गर्ने र समाधानका लागि अगाडि बढ्ने क्षमता राख्ने पार्टी।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया