०६ असोज २०८२
काठमाण्डौ – देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँको सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिकाको वडा ४ बरुण र मकालु गाउँपालिकाको वडा ३ एकुवामा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
यसैगरी, बाग्मती प्रदेशको रसुवा गोसाइकुन्ड गाउँपालिका वडा २ को नेपाल चीन नाका जोड्ने पुल पूर्ण रूपमा बन्द छ । नेपाल चीन नाका जोड्ने यो सडक बाढीका कारण गएको असार २३ गतेदेखि अवरुद्ध छ ।
पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड वडा २ कै बालुवाखानीमा पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । साथै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ को कोदारी सडक पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया