०४ फागुन २०८२
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन्द्र शाह (बालेन) आज बिहानैदेखि घरदैलो अभियानमा छन् । आइतबार झापा आइपुगेका उनी सोमबार बिहानैदेखि दमकसहित क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेट गरिरहेका छन् ।
घरदैलो अभियानमा बालेनले मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने तथा आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् । रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार उमेदवार शाहले विकास, सुशासन, पारदर्शिता विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।
“उहाँले प्रत्येक घरमा पुगेर नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरिरहनुभएको छ,” भट्टराईले भने, “मतदाताले राखेका स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीसँग सम्बन्धित विषयलाई उहाँले गम्भीरतापूर्वक सुन्नुभएको छ ।”
उमेदवार शाहले संघीय सांसदको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय आवश्यकतालाई संघीयस्तरमा जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
भट्टराईका अनुसार बालेनले आज दिनभर झापा–५ अन्तर्गतका विभिन्न टोल तथा बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्नेछन् । प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २४ जना उमेदवार चुनावी मैदानमा छन् ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया