१२ माघ २०८२
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताएका छन् ।
उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशको साइनो औपचारिक मात्रै बनाएर नहुने बताएका छन् ।
‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ,’ सभापति थापाले भने ।
पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौंको हुकाई भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताए । मधेशका कुरा काठमाडौंमा सुनाउन र काठमाडौंका कुरा मधेशमा सुनाउन चाहेको उनले बताए ।
काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गरे । ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैं पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहिँभित्र बिताएँ,’ काठमाडौं–४ का मतदातालाई सभापति थापाले भने ।
सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्न नहुने सुझावहरू अझ बढी आएको उल्लेख गरे । उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताएका सभापति थापाले अधिकार नभई सबैको बीचमा एकता हुने नसक्ने टिप्पणी गरे ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया