१७ मंसिर २०८२
काठमाडौँ - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।
विश्वासको मत नपाउने देखेपछि सोही २ बजेपछि बसेको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
उनी कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशकै सात दलका सांसद सर्वोच्च पुगेका थिए ।
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन
तराईका अधिकांश स्थानमा कुहिरो, सतर्क रहन मौसम महाशाखाको सुझाव
कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल
अत्याधिक चिसो बढेपछि पर्साका विद्यालय बन्द
ओलीलाई व्यंग्य गर्दै लामिछानेले भने: गुन तिर्न अदालत धाउँदैछु
कुनैपनि हालतमा महाधिवेशन हुनुपर्नेमा थापाको अडान,महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन
प्रतिक्रिया