११ भदौ २०८२
काठमाण्डौ – अमेरिकाले भारतमाथि लगाएको थप २५ प्रतिशत कर लागू भएको छ । रुससँग पेट्रोलियम पदार्थ किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै घोषणा गरेको थप भन्सार कर आजदेखि लागू भएको हो ।
अब अमेरिकामा भारतबाट आयात हुने सबै सामाग्रिमा ५० प्रतिशत भन्सार कर लाग्छ । भारतले अमेरिकाको यो निर्णयलाई अनुचित भन्दै प्रतिक्रिया जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । यसअघि २५ प्रतिशत भन्सार दर लागू भएको थियो । थप २५ प्रतिशत दर इलेक्ट्रोनिक्स र औषधीजन्य वस्तुबाहेक सबै भारतीय सामानमा लागू हुनेछ ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले करको बोझ कम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर पछिल्लो कदमले भारत र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई बिगार्न सक्ने विश्लेषण गरिएको छ । अमेरिकाले रुसलाई आर्थिक रूपमा कमजोर बनाउनका लागि भारतमाथि कर लगाउनु परेको बताएको छ ।
तर भारतले अमेरिकाले भन्सार लगाए पनि आफ्नो देशको उर्जा आवश्यकता पूरा गर्नको लागि रुसबाट पेट्रोलियम पदार्थ आयात नरोक्ने बताएको छ । युक्रेनसँगको युद्धपछि पश्चिमाहरुले रुसी तेलमाथी प्रतिबन्ध लगाएका थिए । त्यसपछि रुसले सस्तोमा तेल उपलब्ध गराएपछि भारतले आफ्नो बजार मागको ठूलो भाग रुसबाट आयात गरिरहेको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया