०९ चैत २०८२
काठमाडौं- देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीले के के पाउँछन् सेवा सुविधा रु इतिहास रच्दै ३५ वर्षकै उमेरमा प्रधानमन्त्री बन्न लागेका पूर्व मेयर बालेन शाहले आफ्नो सचिवालयमा मात्रै ५० जना कर्मचारी राख्न पाउँछन् भने तलव भने जम्मा ७७ हजार २८० रुपैयाँ मात्रै पाउँछन्।
यस्तो छ सेवा सुविधाको फेहरिस्त
आधारभूत तलव– ७७ हजार २ सय ८० रुपैयाँ
महँगी भत्ता– २ हजार रुपैयाँ
मासिक मसलन्द खर्च– १० हजार रुपैयाँ
काठमाडौं बाहिर भ्रमण भत्ता– दैनिक ३ हजार रुपैयाँ
मोवाइल रिचार्ज खर्च– ५ हजार रुपैयाँ
पेट्रोल– ३०६ लिटर, हालको मूल्य अनुसार ५२ हजार ६ सय ३२ रुपैयाँ
मोविल– ४० लिटर, हालको मुल्य अनुसार सरदर ४० हजार रुपैयाँ
सचिवालय कर्मचारी
प्रमुख स्वकिय सचिव– १ जना राज्यमन्त्री स्तरको
तलव– ६५ हजार १ सय ४०
स्वकीय सचिव– १ जना सचिव स्तरको
तलव– ६२ हजार ६ सय ८०
स्वकिय सहसहचिव– ३ जना
तलव– ३ जनाकै समग्रमा १ लाख ८० हजार
स्वकिय उपसचिव– ६ जना
तलव– ६ जनाकै समग्रमा ३ लाख रुपैयाँ
स्वकिय अधिकृत– ९ जना
तलव– ९ जनाकै समग्रमा ४ लाख ३२ हजार
त्यस्तै अधिकृत तहका एकजना फोटो ग्राफर, एक जना कम्प्युटर अधिकृत, र दुईजना कम्प्युटर सहायक तहका कर्मचारी पनि नियुक्त गर्न पाउँछन् । यस्तै प्रशासन सहायकका रुपमा ९ जना, लेखा सहायकका रुपमा १ जना र ५ जना सवारी चालक एवं कार्यालय सहयोगीका रुपमा ४ जना नियुक्त गर्न सक्ने अधिकार कानूनतः प्रधानमन्त्रीलाई छ । यसरी नियुक्त भएका यी सबैको पारिश्रमिक पनि सरकारले उपलब्ध गराउँछ । जसमा अर्को १० लाख माथि खर्च हुन्छ । प्रधानमन्त्रीले आवास सुविधा र आवासका लागि आवश्यक सुविधा पाउँछन् । प्रधानमन्त्रीका लागि सम्पूर्ण कुराले भरिपूर्ण सरकारी निवास बालुवाटमा छ भने सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पनि आवाश्य सम्पूर्ण बन्दोबस्त मिलाइएको हुन्छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया