०५ जेठ २०८३
काठमाडौं- ग्लोबल आईएमई बैंकका सिइओसहितका सिनियर व्यवस्थापकले नै कर्मचारीलाई मर्न बाध्य पारेको खुलासा भएको छ । ग्लोबल आईएमई बैंकका दमक शाखाका कर्मचारी पिताम्बर खड्काले यहि आरोप लगाउदै सोमबार आत्महत्या गरेका छन् ।
सीईओ सुरेन्द्र रेग्मी, डीसीईओ सुमन पोखरेल, एचआर प्रमुख अनामिका सिंहसहितको तस्बिर फेसबुकमा राखेर तिमी हरामीहरुले मलाई मार्यौ भन्दै स्टाटस लेखेका थिए । झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय खड्का फेसबुकमा तस्बिरसहितको टिप्पणी राखेको केहीबेरमै मृत फेला परेका थिए । खड्काले फेसबुकमा स्टाटस राखेको केही समयपछि आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
घटना सोमबार साँझ करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको पृष्ठभूमि, फेसबुक स्टाटसको आशय, उल्लेख गरिएका व्यक्तिहरूसँगको सम्बन्ध तथा मृत्युको वास्तविक कारणबारे गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीइओसहित एचआर हेडलाई पक्राउ गर्न स्थानीयको माग गरेका छन् ।
परिवारले जाहेरी दिएको खण्डमा प्रहरीले सीइओ सुरेन्द्र रेग्मीसहितलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्छ । उनीहरुले आत्महत्या नै गर्नु पर्ने अवस्थामा कसरी पुर्याए रु यो विषयमा खुल्न सकेको छैन । तर, काम गर्न अति असहज बनाए पछि खड्काले राजीनामा दिएका थिए भने उनको राजीनामा बैंकले सोमबार नै स्वीकृत गरेको थियो । यो घटनाले बैंकमा सिइओसहितका उच्च तहका कर्मचारीले कुन हदसम्मको दादागिरी देखाउँछन् भन्ने उदांगो भएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया