१८ फागुन २०८२
काठमाडौं - चुनावी हटस्पटको रूपमा हेरिएका झापा(५ र सर्लाही(४ मा विशेष सुरक्षा अपनाइएको छ ।
हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको छ । जसकारण अहिले झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
यी दुवै क्षेत्रमा केही घटना हुनसक्ने विश्लेषणसहित थप प्रहरी खटाउनेदेखि सूचना संकलनका लागि सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्ययमबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत आइतबार मातहतका प्रहरी युनिटहरूलाई निर्देशन दिँदै विशेष ध्यान दिन निर्देशन दिएका थिए ।
अहिले झापा र सर्लाहीमा सादा पोशकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ ।
नेपाल प्रहरीको निर्वाचन सुरक्षा विश्लेषण महाशाखाले सूचना संकलन गरेर महानिरीक्षक कार्कीलाई ब्रिफिङ गराएको छ । त्यसपछि कार्कीले उच्च सतर्कता अपनाउनले यस क्षेत्रका प्रहरीलाई विशेष निर्देशन दिएको स्रोतले बतायो ।
यी दुई क्षेत्रमा उच्च सुरक्षा ‘थ्रेट’ रहेको निष्कर्ष निकाले थप प्रहरी टोली समेत परिचालन गरिएको छ । अहिले थप मद्दतका लागि भन्दै झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ । यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।
त्यस्तै थप मद्दतका लागि भन्दै सर्लाहीमा मात्रै सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ । जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ । यो नेपाल प्रहरीको मात्रै संख्या हो ।
यसबाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।
यी दुई क्षेत्रमा कुनै घटना घट्न सक्ने सम्भावना र जोखिम रहेको निष्कर्ष निकाल्दै प्रहरीलाई विशेष निर्देशन दिइएको छ । अहिले सूचना संकलनका काम, उम्मेदवारहरुको सूचनामा विशेष ध्यान दिइएको प्रहरी स्रोतले बताएको छ ।
त्यस्तै मौन अवधिको समयमा हुनसक्ने चलखेलको जोखिम पनि उत्तिकै रहेको भन्दै यो अवधिमा सुरक्षा निकायले ख्याल गर्नुपर्ने बारेको ब्रिफिङ पनि प्रहरीलाई गराइएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया