१४ माघ २०८२
काठमाडौं - हिमाली जिल्ला डोल्पामा फेरि हिमपात सुरु भएको छ ।
माथिल्लो डोल्पाका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा बुधबार बिहानदेखि वर्षासँगै हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे- फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिकालगायत तल्लो डोल्पाको जग्दुल्ला, काइके, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात भइरहेको छ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएका छन् ।
यद्यपि यो सिजनको दोश्रो पटकको वर्षा र हिमपातले गहुँ, जौलगायत हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरू भने राहत महसुस गरिरहेका छन् ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन तथा हवाई र सडक यातायातमा प्रभाव परेको त्रिपुरासुन्दरी(१ का जुनबहादुर सार्कीले बताए ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया