२९ मंसिर २०८२
काठमाडौं- नेकपा एमालेमा प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका केपी शर्मा ओली र इश्वर पोखरेल दुबैले आफ्ना उम्मेदवरहरुको टुंगो लगाएका छन् । अध्यक्ष केपी ओलीको संस्थापन पक्षले १९ जना पदाधिकारीकै नाम टुंगो लगाउदा इश्वर पक्षले पनि केहि बाहेक अधिकांश उम्मेदवारहरुको नाम टुंग्याएको छ ।
संस्थापन पक्षबाट अध्यक्षमा केपी शर्मा ओली उपाध्यक्षहरुमा बिष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो । महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने गरी ओलीले उम्मेदवार बनाउने भएका छन् ।
३ जना उप महासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल र बिष्णु रिमालको नाम टुंगिएको हो । ९ सचिवका उम्मेदवारमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल बिश्वकर्मा, खगराज अधिकारी यामलाल कडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईको नाम टुंगो लागेको छ ।
ओलीविरुद्ध मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । उनको टिमबाट उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गिएको छ भने एक पद बाँकी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ । बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।
उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिवको टुंगो लाग्न बाँकी छ । सचिवमा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया