०९ भदौ २०८२
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गरेका छन्।
आइतवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताएका हुन्। पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उनको भनाइ छ।
उनले पार्टीका सबै सदस्यहरूलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिए।
उनले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरूलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिए। उनले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याए । पार्टीका शीर्ष नेताहरू जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उनको भनाइ छ। आफूमा पार्टीमा आबद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उनले गुनासो समेत गरे।
कम्युनिष्ट पार्टीहरू सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उनले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताए।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया