१२ मंसिर २०८२
काठमाडौं( धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले पार्टी खोलेर चुनावी प्रचारमा हिँडेपछि कार्यालयको काम प्रभावित भएको गुनासो सुनिन थालेको छ ।
बताइएअनुसार सम्पाङ पछिल्लो समय कार्यालय जानै छोडेका छन् । गत महिना उनले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरेका थिए । त्यसयता पार्टीको संगठन विस्तारमा केन्द्रित रहेका साम्पाङ जिल्ला बाहिरका कार्यक्रममा बढी व्यस्त देखिन्छन् ।
जसका कारण उपमहानगरको काममा बाधा परेको त्यहाँका कर्मचारीहरूको गुनासो छ । मेयरको अनुपस्थितिले दैनिक प्रशासनिक काम अलपत्र बन्ने अवस्था आएको एक कर्मचारीले बताए । उनका अनुसार साम्पाङले कसैलाई कार्यवाहकसमेत तोकेका छैनन् ।
माटो चुनाव चिन्ह राखेर श्रम संस्कृति पार्टी खोलेका साम्पाङ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको धेरैको अनुमान छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया